१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

दूतावासलाई झुक्याएर मानव तस्करी गर्ने गिरोहलाई कारबाही गर्न सांसदद्धय थापा र नेपालीको माग

१६ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदद्धय अम्मरबहादुर थापामगर र सीता नेपालीले सांसदको सहभागिताको नाममा दूतावासलाई झुक्याएर मानव तस्करी गर्ने गिरोहलाई कारबाही गर्न माग गरेका छन । शनिबार दैनिकीले रातो पासपोर्टधारी सांसदको मिलेमतोमा मानव तस्करी ! शीर्षकमा समाचार प्रकाशन गरेपछि अाफ्नो संलग्नता नरहेको दाबी गर्दै संयुक्त विज्ञप्ति मार्फत थापा र नेपालीले भनेका छन ‘सांसदको सहभागितामा कार्यक्रम गरी अन्य सहभागी तथा दूतावासलाई झुक्याएर मानव तस्करी गर्ने जोकोही गिरोहलाई तत्काल गिरफ्तार गरी कानुनी कारबाहीमा ल्याउनका लागि माग समेत गर्दछौँ ।’

विज्ञप्तिमा ओएस नेपाल नामक संस्थाले अमेरिकामा मार्च ११ मा ‘राष्ट्रिय विकासमा महिलाको भूमिका’ विषयमा आयोजना गरेको कार्यक्रममा भनि उक्त संस्थाले निमन्त्रणा गरेको र कार्यक्रममा २ सांसदसहित अन्य १५ जना सहभागी हुने भनिएको र बाँकी सबैको परिचय जानकारी भएपछि उनीहरूको पदीय जिम्मेवारी र सामाजिक मर्यादालाई मध्यनजर गर्दै उनीहरूसँग नजाने निर्णय गरेको र मार्च ५ मै सहभागी नहुने विषयमा ओएस नेपालका संस्थापक केशबहादुर कार्कीलाइ जानकारी गराएको उल्लेख गरिएको छ ।

सांसदद्धयले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै 

प्रकाशित मिति : March 30, 2019 at 10:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/