१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सिमरामा निर्माणाधिन विशेष आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय वित्त निगमले लगानी गर्ने

१६ चैत, काठमाडाैँ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले बाराको सिमरामा निर्माणाधिन विशेष आर्थिक क्षेत्र (सेज) मा लगानी गर्ने भएको छ । सिमरा सेजलाई सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लगानी बोर्ड, सिमरा सेज र आईएफसीबीच शनिबार सम्झौता भएको छ । काठमाडौं जारी लगानी सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सिमरा सेजका प्रमुख कार्यकारी अधिकृत डा. चण्डिका भट्ट र आईएफसीका लागि नेपाल, भुटान र बंग्लादेशकी देशीय प्रमुख वेण्डी वेनरले सम्झाैतामा हस्ताक्षर गरेका छन ।

बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको ४, १४ र १५ गरि तीन वडामा कुल ८ सय ३३ विघा क्षेत्रफलमा ५ वटा व्लकमा सेज निर्माण गर्ने सरकारको योजना रहेको छ । सिमरा सेजको निर्माण कार्य एक दशक अघि आर्थिक वर्ष ०६४/६५ मा नै शुरु भएको थियो । उद्योग तथा कलकारखानालाई आवश्यक सुविधाहरू एकैथलोमा उपलब्ध गराएर निर्यातजन्य उद्योगलाई प्रोत्साहित गर्न सेज निर्माणको अवधारणा ल्याईएको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १९:५९