११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

एकैचोटी १० वटा ग्यास सिलिण्डर पड्किदा चारजनाको मृत्यु, दुई जनाकाे शरीरको आधाभाग मात्रै भेटियाे  

१२ चैत, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एकैचाेटी १० वटा ग्यास सिलिन्डर पड्किदा चार जनाकाे मृत्यु भएकाे छ । भोटेकोसी गाउँपालिका-४ फुल्पिङकट्टीस्थित सिल्डुङमा निर्माणाधीन अपर चाकु जलविद्युत आयोजनाको भान्सामा ग्यास पड्किएकाे थियाे ।

सोमबार दिउँसो ४ बजे एक्कासी सिलिण्डर विस्फोट भएपछि ब्लकको स्टोर, भान्सामा बसिरहेका जलविद्युतको स्टोर किपर, साइड इन्चार्ज, मिस्त्रीदेखि विल्डर्सको मृत्यु भएकाे हाे । घटना भएलगत्तै पुगेको प्रहरी र सेनाले जलविद्युतको स्टोर किपर कार्यभार लिएका हुम्लाका २६ वर्षका सन्दुप लामा र दोलखाका २२ वर्षीय साइड इन्चार्ज भाइकाजी शेर्पाको शरीरको आधा भाग मात्रै फेला पारेको थियो।

जलविद्युत्‌मा वेल्डिङ मिस्त्रीमा कार्यरत मकवानपुर हेटौंडाका ३२ वर्षीयको यक्ष थापा मगर, डिलरको काम गरेका ओखलढुंगाका २५ वर्षीयको गोपाल श्रेष्ठको पेट, हात र कपाल मात्रै फेला पारेको प्रहरीले जनाएको छ।

जलविद्युतको ट्रस्ट भवनको किचेन र स्टोरमा सञ्चित गरेर राखिएको दश वटा ग्यास एक्कासी पड्किएपछि मृतकको शवको भाग ५ सय मिटरसम्म उछिट्टएको प्रहरीको भनाइ छ। ६ सय रोपनी क्षेत्रफलमा फैलिएको जलविद्युतको संरचना चारसय मिटर वरिपरिसम्म क्षतिग्रस्त बनेको छ। इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने के कारणले ग्यास पड्किएको हो भन्ने कुरा अझै खुल्न नसकेको बताए ।

प्रकाशित मिति : March 26, 2019 at 5:31 pm