क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग साढे ५ कराेड रूपैयाँ ठगी गर्ने यादव पक्राउ
१२ चैत, काठमाडाैँ । आफुलाई गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै एक व्यक्तिले साढे ५ कराेड रूपैयाँ ठगी गरेका छन् । रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवले क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम ठगी गरेकाले उनलाइ प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो ।

प्रहरी परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले बताए । बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै एक करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए । यादवले प्रतिव्यक्ति पाँच लाख देखि १५ लाख रुपैयाँसम्म असुल गरेको जाहेरी परेको छ । सोही जाहेरीपछि उनलाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति : 16:59









