११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

एसईई दिएर फर्केका विद्यार्थी १७ वर्षीय कमल त्रिशूलीमा बेपत्ता

१२ चैत, गाेरखा  । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नदीमा पौडी खेल्न गएका विद्यार्थी १७ वर्षीय कमलबहादुर चेपाङ त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन्।  गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका वनटार निवासी चेपाङ सोमबार दिउँसो त्रिशूली नदीमा डुबेर बेपत्ता भएका हुन्।

विद्यालय नजिकै डेरा गरेर बसेका चेपाङ परीक्षा केन्द्रबाट सोमबारको अनिवार्य नेपाली विषयमा परीक्षा सकेपछि किनमेलका लागि भन्दै साथीसँग धादिङको चरौंदी बजार हिँडेका  स्थानीय दीपक तिमिल्सिनाले जानकारी दिए। दिउँसो पौडी खेल्न नदीमा पसेका उनी दिउँसो साढे १ बजेतिर बेनिघाट रोराङ ७ स्थित त्रिशुली नदी किनारबाट बेपत्ता भएका स्थानीय शिक्षिका भक्ति चेपाङले जानकारी दिइन्।

प्रकाशित मिति : March 26, 2019 at 3:09 pm