१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट छः गच्छदार

२२ फागुन, कञ्चनपुर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “नारा उत्कृष्ट भए पनि सरकारले सो अनुसारको कार्यक्रम व्यवहारमा ल्याउन सकेको छैन ।”

पूर्वउपप्रधानमन्त्री गच्छदारले सरकार जुन बाटामा हिँडिरहेको छ, त्यसबाट समृद्धिको नारा पूरा हुनसक्दैन भन्नुभयो । देशमा लागू भएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालका लागि उत्कृष्ट भएको बताउँदै उहाँले लामो समयपछि देशले पाएको उपलब्धिलाई संस्थागत गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : March 6, 2019 at 5:45 pm