११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल, यस्तो छ मन्त्रीको नयाँ वरीयता

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम ती निर्णयहरू गरिएको जानकारी गराएको हो।

 राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो। सत्र सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

नयाँ मर्यादाक्रम अनुसार दोस्रो स्थानमा रहेका डा. स्वर्णिम वाग्लेलाई अर्थ, तेस्रो स्थानकी सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला, चौथो स्थानका शिशिर खनाललाई परराष्ट्र र पाँचौँ स्थानका विराज भक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ। गौतम यसअघि सातौँ स्थानमा रहेकी थिइन् ।

यसैगरी मन्त्रिपरिषद्को छैटौँ वरीयतामा रहेका सुधन गुरुङलाई गृह, सातौँ वरीयताका सुनिल लम्साललाई पूर्वाधार विकास तथा आठौँ वरीयतामा रहेका महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। नयाँ मर्यादाक्रम अनुसार सीता बादीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निशा मेहताले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

त्यस्तै खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण, दिपक कुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति एवं रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति : November 26, 2026 at 4:28 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/