३८४ किलो अखाद्य पदार्थ मिसावट गरीएको महसहित धादिङका लक्ष्मण पक्राउ
९ मंसिर, काठमाडौं । अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको अभियोगमा प्रहरीले काठमाडौंको टोखाबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले टोखा नगरपालिका–१ भण्डारे क्षेत्रबाट महसहित धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो ।
उनले अखाद्य पदार्थ मिसावट गरी मह बिक्री गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई १५ बाल्टिन (३८४ किलो) अखाद्य पदार्थ मिसावट गरीएकाे महसहित पक्राउ गरिएकाे हाे । सो सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रकाशित मिति : November 25, 2026 at 2:09 pm













