१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

चार महिनामा वैदेशिक व्यापार घाटा ६ खर्ब ६८ अर्ब, आयात ८ खर्ब नाघ्दा निर्यात कति ?

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौं । नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात बढ्दासमेत व्यापार घाटामा भने कमी आएको छैन । चालु आर्थिक वर्ष २०८३/८४ को चार महिनामा ९ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालु आवको साउनदेखि कात्तिकसम्म ९ खर्ब ३७ अर्ब २४ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।

यस अवधिको व्यापार गत आवको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  चालु आवको पहिलो चार महिनाकाे अवधिमा वैदेशिक व्यापारमा नेपालले कुल ६ खर्ब ६८ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको थियो ।

भन्सार विभागका अनुसार चालू आवको चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.७७ प्रतिशत बढी हो । सो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

चालू आवको कात्तिकसम्म एक खर्ब ३४ अर्ब १४ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.४८ प्रतिशत बढी हो । त्यसबेला ९३ अर्ब ४९ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

प्रकाशित मिति : November 25, 2026 at 1:25 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/