हिमालयन इनर्जीले बोलायो वार्षिक साधारणसभा, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने
९ मंसिर, काठमाडौँ । हिमालयन इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारणसभा आगामी मंसिर २९ गते आयोजना गर्ने भएको छ। कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तथा आईपीओबाट प्राप्त रकमको उपयोगसम्बन्धी विशेष प्रस्ताव पेस गरिनेछ।
प्रकाशित मिति : November 25, 2026 at 9:30 am













