नेपाल प्रहरीका ६० एसपीको सरुवा (सूचीसहित)
९ मंसिर, काठमाडौं । नेपाल प्रहरीले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा तथा काज गरेको छ। प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीको २०८३ मंसिर ८ गतेको निर्णयअनुसार उनीहरूलाई सरुवा तथा काज गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले सम्बन्धित कार्यालयलाई पत्राचार गर्दै सरुवा तथा काजसम्बन्धी जानकारी गराएको छ।निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत एसपी अंगुर जीसीलाई साइबर ब्यूरोअन्तर्गत अपराध अनुसन्धान शाखा, भोटाहिटी काठमाडौंमा सरुवा गरिएको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत एसपी कुमार आचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा सरुवा गरिएको छ। नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत एसपी कुमार विक्रम थापालाई जिल्ला प्रहरी कार्यालय बारामा सरुवा गरिएको छ।
प्रधान कार्यालयका अनुसार सरुवा भएका प्रहरी उपरीक्षकहरूले २०८३ साल मंसिर महिनादेखि सरुवा भएको दरबन्दीबाट तलब तथा भत्ता पाउने व्यवस्था गरिएको छ। सम्बन्धित कार्यालयलाई अभिलेख अद्यावधिक गरी आवश्यक कारबाही गर्न पनि पत्राचार गरिएको छ। हेर्नुहोस् सूची

प्रकाशित मिति : November 25, 2026 at 9:00 am













