८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

भन्सार अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरू दुवै जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । कुरियर कम्पनीमार्फत् विदेशमा विभिन्न सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले यसअघि उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

 अनुसन्धानका क्रममा अधिकृत न्यौपाने र कार्यालय सहयोगी पुडासैनीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी बदनियतपूर्वक आपसी मिलेमतोमा सेवाग्राहीसँग बार्गेनिङ गरेको भेटिएको अख्तियारले जनाएको छ।

 विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिन सहमत भएर उनीहरूले पूर्वयोजना र सहमतिअनुसार ९ हजार ५ सय रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको ठहर छ।

उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिएकाले ९ हजार ५ सय रुपैयाँ बिगो कायम गरिएको छ।

प्रकाशित मिति : November 23, 2026 at 5:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/