७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

भारतीय नम्बर प्लेटको गाडीबाट ४९९ किलो गाँजासहित चालक पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

६ मंसिर, काठमाडौं । प्रहरीले ४९९ किलो गाँजासहित धरानबाट एक भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बीआर ११ वाई ३०३९ नम्बरको गाडीसहित चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

सो गाडीभित्र खानतलासी गर्दा ४९९ किलो तयारी गाँजा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धरान उपमहानगरपालिकाबाट इटहरी  उपमहानगरपालिका तर्फ गइरहेको बेला सेउती पुलमा शनिबार राति नियमित चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।

प्रहरीले शनिबार राति नै सुनसरीको दुहवी नगरपालिका–७ बाट धरान उपमहानगरपालिका–२० का २१ वर्षीय गौरव राईलाई २१ किलो ९८० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : November 22, 2026 at 5:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/