बागमतीका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
६ मंसिर, काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेस बागमती संसदीय दल नेतासमेत रहेका बानियाँमाथि बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको हो।

यसअघि प्रहरीले बानियाँका छोरा दीक्षान्तलाई पक्राउ गरेको थियो। त्यस्तै, गत वैशाखमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बानियाँको घरमा छापा मारेको थियो।
प्रकाशित मिति : November 22, 2026 at 4:29 pm













