७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

सन्दीप र भुर्तेलको घातक बलिङमा यूएई १२१ रनमै अलआउट

https://www.muktinathbank.com.np/online/loan-application

६ मंसिर, काठमाडौं । नेपालले एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ अन्तर्गत समूह बीको खेलमा यूएईलाई १२१ रनमै अलआउट गरेको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीमा टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई ३९.५ ओभरमा १२१ रनमा समेटेको हो।

नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चिएर ३ विकेट लिए। भुर्तेलले ५ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे। यस्तै नन्दन यादव, राशिद खान र ललित राजवंशीले समान १ विकेट लिए।

यूएईका लागि मुहम्मद शहजादले सर्वाधिक ४० रन बनाए। उनले ७० बलमा ५ चौका प्रहार गरे। हरप्रीत सिंहले ४८ बलमा ४ चौकासहित ३२ रन जोडे। नुरुल्लाह अयोबीले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

 

प्रकाशित मिति : November 22, 2026 at 3:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/