७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने धुर्मुस–सुन्तलीको घोषणा


१६ चैत, काठमाडौँ । सामाजिक अभियन्ता सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे (सुन्तली)ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भएको हो । फाउण्डेसनले यसअघि चारवटा नमूना बस्ती बनाएको छ ।

धुर्मुसले फेसबुकमा स्टाटस लेखेर चौतर्फीरुपमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान अपरिहार्य रहेको आवाज उठेपछि सरकारसँग निर्माणमा संयोजन गर्ने घोषणा गरेका हुन् । उनले ‘नमूना नेपाल’ निर्माण परियोजनासँगै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने परियोजना समेत सञ्चालन गर्ने बताएका छन ।

उनले क्रिकेट मैदान सरकारसँगको समन्वयमा निर्माण गर्ने बताएका छन् । घुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियान सरकारलाई सहयोग गर्नको लागि बनाइएको अभियान भएको बताए । क्रिकेट मैदान निर्माणले खेल जगतलाई मात्र नभइ नेपालकै आर्थिक समृद्धितर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खल्ने उनको फेसबुक स्टाट्समा उल्लेख छ ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ०५:५३