६ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म ब्याज छुट

https://www.muktinathbank.com.np/online/loan-application

४ मंसिर, काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितलाई विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले विभिन्न कारणले नियमित बीमाशुल्क भुक्तानी गर्न नसकी निष्क्रिय भएका बीमालेख पुनः सक्रिय गराउने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यो सुविधा आगामी मंसिर २१ गतेसम्म उपलब्ध हुनेछ। उक्त अवधिभित्र व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितले तोकिएको मापदण्डअनुसार विलम्ब शुल्क अर्थात् ब्याजमा छुट पाउनेछन्। योजनाअन्तर्गत व्यतित भएको दुई वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिइनेछ। त्यस्तै, दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा २५ प्रतिशत छुट उपलब्ध हुनेछ।

कम्पनीले यस्तो छुट बीमाको सम्पूर्ण अवधिभर एक पटक मात्रै प्रदान गरिने स्पष्ट पारेको छ। यद्यपि, छुट सुविधाअन्तर्गत पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधिभित्र कुनै पनि समयमा समर्पण गरिएमा यसअघि छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिनेछ। बीमित तथा उनीहरूका परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिन र निष्क्रिय बीमालेख पुनः सञ्चालनमा ल्याउन योजना प्रभावकारी हुने कम्पनीको विश्वास छ।

प्रकाशित मिति : November 20, 2026 at 1:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/