५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

एकैदिन १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

https://www.muktinathbank.com.np/online/loan-application

४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा खरिद बिक्री भईरहेको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार ३३५ रुपैयाँ कायम भएको थियो। पछिल्ला दिनमा सुन चाँदीको मूल्यमा निरन्तरको गिरावट आइरहेकाे छ।

प्रकाशित मिति : November 20, 2026 at 11:03 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/