५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

लाभांश प्रस्ताव पारित गर्न फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा

https://www.muktinathbank.com.np/online/loan-application

४ मंसिर, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले मंसिर २८ गते आम्रपाली ब्याङ्केट, भाटभटेनी, काठमाडौँमा सत्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्था मर्जर तथा प्राप्ति सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : November 20, 2026 at 10:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/