३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

दानबहादुर कार्कीको अन्तरिम आदेशसम्बन्धी छलफल मंसिर ७ गते

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी मंसिर ७ गते सोमबार अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो ।

कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षक पदमा बहाली गर्न र नवनियुक्त आईजीपी डा. मनोज केसीलाई काम गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।

प्रकाशित मिति : November 18, 2026 at 4:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/