३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब मौज्दात

https://www.muktinathbank.com.np/online/loan-application

 

२ मंसिर, काठमाडौं । भोटेकोसी बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारद्वारा सञ्चालित राहत तथा उद्धार कोषका विभिन्न खातामा मौज्दात रकम १८ अर्ब ४७ करोड रुपैयाँ नाघेको छ।

कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बुधबार बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा कुल १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ मौज्दात रहेको छ।विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मात्रै १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रुपैयाँ मौज्दात रहेको छ।

यसैगरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा कुल ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित मिति : November 18, 2026 at 4:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/