नेप्से घट्ने क्रम जारी, कारोबार रकम पनि घट्यो
२ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन ७० कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १९९ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन १० कम्पनीकाे मूल्य स्थिर रहेकाे छ ।
यस दिन मूल्य बढेका कम्पनीकरूकाे मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। एभरेष्ट कलरको सेयरमूल्य यस दिन सर्वाधिक ८.६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३२ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : November 18, 2026 at 3:22 pm













