२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

एनएमबि बैंकका एटिएमसहित यी बैंकिङ सेवा बन्द हुने

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडौं । एनएमबि बैंक लिमिटेडले कोर बैंकिङ्ग प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै आगामी मंसिर ४ गते शुक्रबार राति ८ बजेदेखि मंसिर ६ गते आइतबार दिउँसो १ः३० बजेसम्म आफ्ना विभिन्न बैंकिङ्ग सेवाहरू अवरुद्ध गर्ने जनाएको छ ।

बैंकका अनुसार उक्त अवधिमा एटिएम कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम सेवाहरू बन्द हुने छन् सञ्चालनमा रहने छैनन् । साथै, बैंकले सञ्चालन गर्दै आएका होलिडे काउन्टरहरू पनि बन्द रहनेछन् । सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : November 17, 2026 at 6:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/