२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

विशेष बढुवाविरूद्ध सर्वोच्च पुगेका कार्कीको रिटमा बुधबार सुनुवाइ हुने

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडौँ । निवर्तमान प्रहरी प्रमुख दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतमा भोलि बुधबार सुनुवाइ हुने भएको छ । कार्कीका कानून व्यवसायी टीकाहादुर कुँवरका अनुसार सर्वोच्चले बुधबारका लागि पेशी तोकेको छ ।

मन्त्रिपरिषद् बैठकले विशेष बुढावा दिएपछि कार्की सर्वोच्च अदालत पुगेका थिए । उनले आफ्नो बढुवा नभइ सरकारले बर्खास्त गरेको तर्क रहेको छ । मन्त्रिरिषद् बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो ।

कार्कीको कार्यसम्पादन कमजोर मात्र देखिएको थिएन प्रहरी संगठन नै लथालिंग हुन पुगेको थियो । उनले संसदीय समितिमा उपस्थित भएर सांसदहरूकोसँग अन्तरक्रियामा आफूले पनि देखाइदिन सक्ने चेतावनी दिएका थिए । सोही अनुसार उनको संलग्नतामा खगेन्द्र सुनार अर्को एक महिलाको कुराकानी भनिएको एउटा अडियो संवाद बाहिर आएको बताइएको थियो । प्रहरीमा मिलापत्र भैसकेको मुद्दासँग जोडिएको अडियो अर्को तेस्रो व्यक्तिको संलग्नतामा बाहिर आएको भिडियो समेत बाहिरिएको थियो । उक्त भिडियोमा आफूले करोडौँ रूपमा लिएर अडियो बाहिर ल्याउन भूमिका खेलेको भन्दै किरण नेपालीले कुराकानी गरेको प्रमाण नै सामाजिक सञ्जालमा छरपस्ट भएको थियो । यद्यपी त्यता तर्फ सरकारले कुनै चासो दिएको छैन । प्रहरीले पनि त्यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

त्यस्तै प्रधानमन्त्रीका सचिवालयका एक जना सदस्य प्रहरी कार्यालयमा पुगेर इनम सापकोटाको मुद्दाको विषयमा चासो लिइरहेको भिडियो पनि केही मिडियामा कार्कीले नै उपलब्ध गराएको आरोप लागेको छ ।

यता गत २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को पोशाक तथा बन्दोबस्ती सामग्री खरिदमा ६० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन तीव्र बनाएको छ । अख्तियारले ठेकेदारसहित कार्की र कार्कीको श्रीमति समेतसँग वयान लिएको बुझिएको छ । कार्की प्रहरी प्रमुख रहेकै समयमा उनीसँग अख्तियारले सोधपुछ गरेको थियो । कार्कीको श्रीमति नविना कार्की खत्रीसँग अायोगले वयान लिएको स्रोतले बताएको छ ।

अख्तियारले ठेकेदार राजमान मिश्र र नेपाल दूरसञ्चार कम्पनीका कर्मचारी टोपेन्द्र बीसीलगायतसँग पुनः वयान गरेको समाचारहरू समेत यही बीचमा सार्वजनिक भएका छन । सरकारले नेपाल प्रहरीका १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीका १५ हजार ११० जना निर्वाचन प्रहरीको पोशाक र बन्दोबस्तीका लागि करिब १ अर्ब रुपैयाँ निकासा गरेको थियो ।

बजार मूल्यभन्दा महँगो दर देखाएर करिब ४० करोड रुपैयाँ बराबरको मात्र कमसल सामग्री खरिद गरी बाँकी ६० करोड रुपैयाँ हिनामिना गरिएको उजुरी अख्तियार र संसद्को सार्वजनिक लेखा समितिमा परेको थियो । संसदीय समितिले पनि यस विषयमा छुट्टै अनुसन्धान गरिरहेको छ ।

उजुरीपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गत १६ असोज २०८३ मा सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय छानबिन उपसमिति गठन गरी करिब १ लाख ४५ हजार सुरक्षाकर्मीको बैंकिङ कारोबार तथा खरिद कागजातको अध्ययन गरिरहेको छ।

स्रोतका अनुसार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा लैजाने तयारी तीब्र बनाएको छ । अख्तियारको गतिका बारेमा बाहिर आएका समाचारहरू पुष्टि हुने अवस्थामा उनको सर्वोच्चमा रिटको सुनुवाइ र विशेष अदालतमा भ्रष्टाचार मुद्दा सँगसँगै हुने सम्भावना रहेको छ । त्यसो भएमा कार्की विशेष बढुवा भएको पदबाट समेत स्वतः निलम्बित हुनेछन ।

यसैबीच कतिपयले कार्की श्रीमतिको स्वाथ्यउपचारको नाममा दिल्ली हुँदै अमेरिका जाने तयारी रहेको दाबी समेत गरिरहेका छन । यद्यपी यसको कुनै आधारिक पुष्टि भएको छैन ।

प्रकाशित मिति : November 17, 2026 at 12:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/