६६ प्रतिशतले बढ्यो मुक्तिनाथ कृषि कम्पनीको नाफा, तीन महिनामै कमायाे १ करोड ८३ लाख
३० कात्तिक, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ करोड ८३ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकाे तुलनामा ६६.५ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १० लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि उल्लेख्य बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १६ करोड ६० लाख ३४ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी बढेर यस वर्ष २७ करोड ६८ लाख ७४ हजार रुपैयाँ पुगेको छ। यो करिब ६६.८ प्रतिशतको वृद्धि हो।
कम्पनीको कुल आम्दानी ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड २० लाख ४६ हजार रुपैयाँ थियो।
त्यस्तै कम्पनीको सञ्चालन खर्च ३ करोड ३३ लाख १६ हजार रुपैयाँ रहेको छ भने करअघिको नाफा २ करोड ४४ लाख १८ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्तापूँजी ७५ करोड ६० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति १ अर्ब ८० करोड ४७ लाख ८६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कुल सम्पत्ति १ अर्ब ३३ करोड १२ लाख २९ हजार रुपैयाँ थियो। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ६९ पैसा पुगेको छ।
प्रकाशित मिति : November 16, 2026 at 2:33 pm










