१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

नाफामा फर्कियो एनएलजी इन्स्योरेन्स, बीमाशुल्क आर्जन ४२ प्रतिशतले बढ्यो

३० कात्तिक, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जनमा पनि उल्लेख्य वृद्धि भएको छ। कम्पनीले पहिलो तीन महिनामा १ अर्ब १७ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन ८२ करोड २१ लाख रुपैयाँ थियो। यस आधारमा कम्पनीको कुल बीमाशुल्क आर्जन करिब ४२.८३ प्रतिशतले बढेको छ।

 त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १७ करोड ५७ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क आर्जन बढेर यस वर्ष २१ करोड १० लाख रुपैयाँ पुगेको छ। यो करिब २०.०९ प्रतिशतको वृद्धि हो।

कम्पनीको चुक्तापूँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड १२ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ५० पैसा रहेको छ।

प्रकाशित मिति : November 16, 2026 at 2:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/