१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

घोराही सिमेन्टको नोक्सानी बढ्यो, प्रतिसेयर आम्दानी कति ?

३० कात्तिक, काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १६ करोड १५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनी १२ करोड ८० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८७ करोड ९० लाख रुपैयाँ कायम भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ९० करोड ६० लाख रुपैयाँ रहेको थियो। बिक्री लागत ७३ करोड १३ लाख रुपैयाँ कटाएपछि कम्पनीको कुल मुनाफा १४ करोड ७६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीकाे वित्तीय खर्च १७ करोड ६३ लाख रुपैयाँबाट घटेर १३ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ३ अर्ब ११ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम सञ्चित छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ८ पैसा कायम भएको छ।

प्रकाशित मिति : November 16, 2026 at 10:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/