१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

धनगढीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा २५ घाइते

३० कात्तिक, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ०६:४० बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको हो।

 उक्त दुर्घटनामा परी बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। दुर्घटनालगत्तै उद्धार गरी सबै घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन समेत बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : November 16, 2026 at 9:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/