३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

महाधिवेशनले क्षति पुगेको खुलामञ्चको हरियाली फर्काउँदै कांग्रेस

२९ कात्तिक, काठमाडौं ।  नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको हरियाली पुनःस्थापना गर्न दुबो रोप्न थालेको छ । महाधिवेशन सम्पन्न भएको केही समयपछि कांग्रेसले सार्वजनिक स्थलमा पुगेको क्षति सच्याउने काम अघि बढाएको हो ।

आइतबार बिहान कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा पार्टीका नेता तथा कार्यकर्ता खुलामञ्च पुगेर क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोपेका छन् । गत असोजमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनका क्रममा खुलामञ्चको दुबोमा क्षति पुगेको थियो । महाधिवेशनका गतिविधिका कारण मैदानको हरियाली बिग्रिएपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने जिम्मेवारी कांग्रेसले लिएको थियो ।

सोही प्रतिबद्धताअनुसार कांग्रेस केन्द्रीय कार्यालय र माउन्ट एभरेस्ट इभेन्ट्सबीच दुबो रोप्ने, संरक्षण गर्ने र हुर्काउने विषयमा सम्झौता भएको थियो । सम्झौतामा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : November 15, 2026 at 10:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/