सातै प्रदेशका डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो
१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् ।आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी हुन उनीहरूलाई हेडक्वार्टर बोलाइएकाे हाे ।
दिउँसो २ बजेका लागि तय गरिएको पीसीसी बैठक प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा बस्नेछ।
प्रकाशित मिति : October 29, 2026 at 12:01 pm










