एशियन लाइफको सीईओ बन्ने खबर भ्रामक : पवनकुमार खड्का
१० कात्तिक, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले आफू आईएमई लाइफ छाडेर एशियन लाइफ इन्स्योरेन्सको सीईओ बन्न लागेको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।
केही समाचार पोर्टलहरूले ‘आईएमई लाइफ छोडेर एशियन लाइफको सीईओ बन्दै पवन खड्का’ शीर्षकमा समाचार प्रकाशित गरेपछि खड्काले त्यस्ता समाचार भ्रामक रहेको स्पष्ट पारेका हुन् ।
खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त समाचारमा कुनै सत्यता नरहेको जनाउँदै तथ्य पुष्टि नगरी समाचार सम्प्रेषण नगर्न सम्बन्धित सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन् ।
‘भ्रामक समाचार सम्प्रेषण गर्नुअघि सम्बन्धित पक्षसँग तथ्य पुष्टि गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न ती समाचार पोर्टलहरूलाई अनुरोध गर्दछु,’ खड्काले फेसबुकमा लेखेका छन् ।
उनको यो प्रतिक्रियाले बीमा क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरूको नियुक्ति र जिम्मेवारी परिवर्तनसम्बन्धी समाचार सम्प्रेषण गर्दा सम्बन्धित पक्षसँग तथ्य पुष्टि गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ ।

प्रकाशित मिति : October 27, 2026 at 8:21 am










