१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

९ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ ।निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार जारी गरेको पत्रमा ग्यास बिक्री गर्ने केही विक्रेताले बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएको उल्लेख छ । त्यसपछि निगमले ग्यास विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यो विषयमा यसअघि पनि निर्णय कार्यान्वयनका सम्बन्धमा २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित संस्थालाई पत्राचार गरेको स्मरण गराएको छ । पत्रमा ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गरी बिक्री वितरणको व्यवस्था मिलाउन भनिएको छ ।

प्रकाशित मिति : October 26, 2026 at 6:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/