कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपथ ग्रहण कार्तिक १२ गते
९ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण समारोह कार्तिक १२ गते हुने भएको छ।
कांग्रेसको केन्द्रीय कार्यालयले कार्तिक ९ गते जारी गरेको सूचनाअनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपथ ग्रहण समारोह दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा आयोजना गरिनेछ।

समारोहमा सहभागी हुन नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सूचना जारी गर्दै निमन्त्रणा गरिएको छ। पार्टीका सदस्य सचिव राजु कटुवालले सपथ ग्रहण समारोहमा उपस्थितिका लागि आग्रह गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले सपथ ग्रहण गरेसँगै केन्द्रीय कार्यसमितिको औपचारिक जिम्मेवारी सम्हाल्नेछ।
प्रकाशित मिति : October 26, 2026 at 11:40 am










