दसैँपछि आज खुल्दै सेयर बजार, कस्तो रहला कारोबार ?
९ कात्तिक, काठमाडौं । दसैँको लामो बिदापछि आजदेखि सेयर बजार खुल्दै छ। बिदाअघि लगातार सात कारोबारमा सामान्य सुधार देखिएको बजारले त्यसलाई निरन्तरता दिन्छ कि दिँदैन भन्ने चासो लगानीकर्तामा छ।
दसैँअघि असोज ३० गते नेप्से परिसूचक ८.२३ अंकले बढेर २ हजार ६३४.१७ बिन्दुमा पुगेको थियो। उक्त दिन ४ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। लामो बिदापछि बजारमा खरिद माग र बिक्रीका लागि आउने सेयरको परिमाणले कारोबारको दिशा निर्धारण गर्नेछ।

बजार बढ्ने अपेक्षासहित नयाँ लगानीकर्ता खरिदमा सक्रिय भएमा नेप्सेलाई सकारात्मक गति मिल्न सक्छ । तर, पहिले नै सेयर खरिद गरेर बसेका लगानीकर्ताले मूल्यमा सुधार आएसँगै नाफा सुरक्षित गर्न खोजेमा बिक्रीको चाप बढ्न सक्छ । त्यसैले आजको कारोबारमा नेप्से कति अंकले बढ्छ वा घट्छ भन्नेभन्दा पनि बजारमा खरिद र बिक्रीको सन्तुलन कस्तो रहन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ ।
प्रकाशित मिति : October 26, 2026 at 9:49 am










