सप्तकोशीमा मोटरबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
८ कात्तिक, काठमाडाैं । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको हाे । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पाँच वर्षीया बालिका, ३५ वर्षीया महिला र ४० वर्षीय पुरुष छन्। उनीहरूको पहिचान खुल्न सकेको छैन।

भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटना भएको हो । दुर्घटना भएको मोटरबोटमा १६ जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : October 25, 2026 at 4:40 pm








