प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित
५ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले बडादसैँको अवसरमा काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित भएका छन् । प्रहरीका अनुसार कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जना निःशुल्क बस सेवाबाट लाभान्वित भएका हुन् । लाभान्वितमध्ये ६६९ जना पुरुष र ७३७ जना महिला रहेका छन् ।

आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले कात्तिक ३ र ४ गते काठमाडौं उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
प्रकाशित मिति : October 22, 2026 at 2:52 pm








