५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

टीकाकै दिन टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो

४ कात्तिक, काठमाडाैँ । दसैँको टीकाको दिन टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ । बुधबार बिहान टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमान स्तानबुलबाट आएको  र कुनै पनि क्षति नभएको विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक राजकुमार शिलवाल बताएका छन । विमानमा चरा ठोक्किएपछि केहीबेर विमानस्थल बन्द गरिएको थियो ।

प्रकाशित मिति : October 21, 2026 at 8:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/