एडिलेड नेपालको अध्यक्षमा विनोद बानिया संस्थालाई थप समुदायमुखी बनाउने प्रतिबद्धता
एडिलेड (साउथ अष्ट्रेलिया) — साउथ अष्ट्रेलियामा सक्रिय संस्था एडिलेड नेपालको अध्यक्षमा विनोद बानिया चयन हुनुभएको छ।
संस्थाको वार्षिक साधारणसभाबाट आगामी सन् २०२६–२०२८ कार्यकालका लागि बानियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
साधारणसभाले सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू निम्नानुसार रहेका छन् अध्यक्ष:विनोद बानिया, उपाध्यक्ष: सुसन कँडेल, सचिव: अस्मिता तिवारी, कोषाध्यक्ष: सौरभ बिडारी, कार्यकारी सदस्यहरूमा विवेक न्यौपाने, समर मास्के र सञ्जीव लामिछाने रहनु भएको छ । 
सन् २०१६ मा स्थापना भएको एडिलेड नेपालले अष्ट्रेलियामा नेपाली समुदायलाई एकताबद्ध बनाउँदै भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
संस्थाद्वारा प्रत्येक वर्ष आयोजना गरिने ‘होली फेस्टिभल’ अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृतिको पहिचान दिलाउने प्रमुख आकर्षणका रूपमा स्थापित छ। संस्थाले योग, ध्यान, व्यायामका साथै अष्ट्रेलिया आउने नयाँ नेपालीहरूका लागि करियर परामर्श र उपयोगी सूचना उपलब्ध गराउने सामाजिक कार्यहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
आफ्नो चयनपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष विनोद बानियाले संस्थालाई थप प्रभावकारी, समावेशी र समुदायमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आगामी दुई वर्षको कार्यकालमा संस्थाका स्थापित कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायको बदलिँदो आवश्यकता अनुसार नयाँ गतिविधिहरू अघि बढाउने लक्ष्य नयाँ नेतृत्वले लिएको छ। बानियाँले एनआरएनए साउथ अष्ट्रेलियाको सचिब र उपाध्यक्ष भएर समेत यस अधि देखी समुदाय हित क्रियाशील रहदै आउनु भएको छ ।
प्रकाशित मिति : October 18, 2026 at 10:36 am










