नेसनल लाइफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी लिन आग्रह
२६ असोज, काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा दाबी भुक्तानी तथा चुक्ता भुक्तानी लिन बाँकी रहेका बिमित र हकवालालाई आवश्यक कागजातसहित कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार विभिन्न बिमा योजनाअन्तर्गत नियमानुसार पूर्ण अवधि भुक्तानी, दाबी भुक्तानी, आंशिक दाबी भुक्तानी तथा चुक्ता भुक्तानी बापतको रकम लिन बाँकी रहेका बिमित र हकवालाले आवश्यक कागजातसहित नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो बिमालेखअनुसारको रकम यथाशीघ्र प्राप्त गर्न अनुरोध गरिएको छ। कम्पनीले सम्बन्धित सबैलाई आफ्नो बिमालेखअनुसार भुक्तानी लिन बाँकी रकम प्राप्त गर्न सूचनामार्फत आग्रह गरेको हो।
प्रकाशित मिति : October 12, 2026 at 10:07 am





