२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

पोखरामा स्कुल बस दुर्घटनाः मृतक ५ मध्ये ४ जनाको सनाखत

२३ असोज, काठमाडौं ।  कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटनामा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय सुवेच्छा तिवारी छन् । अर्का एक जना मृतकको परिचय खुल्न बाँकी छ ।

शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस आज बिहान पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्किंदै गर्दा ओख्लेभीर भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परेकाहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार १२ जनाको उपचार जारी छ । १६ वर्षीया अस्मी कँडेल आईसीयूमा उपचाररत छिन् । अन्य घाइतेहरुमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री छन् । यसैगरी १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङको उपचार भइरहेको छ ।

प्रकाशित मिति : October 9, 2026 at 12:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/