मध्यरातमा भूकम्पको धक्का
२१ असोज, काठमाडौँ । बाजुरा जिल्लाको बार्हबिसे आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार बुधबार राति ९ः३७ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको विवरण सार्वजनिक गर्दै यसको केन्द्रबिन्दु बाजुराको बार्हबिसे आसपास रहेको जनाएको छ।
भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।
प्रकाशित मिति : October 7, 2026 at 11:03 pm






