१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

नुवाकोट २ को क्षेत्रीय सभापतिमा सिंगराज र सचिवमा विवेक

१९ असोज, नुवाकोट । नेपाली कांग्रेसको नुवाकोट  क्षेत्र नं २ को सभापतिमा सिंगराज लामा विजयी भएका छन । प्रतिस्पर्धी आशा तामाङलाई भारी मतान्तरमा पराजित गर्दै लामा सभापतिमा विजयी भएका हुन ।

लामाले  ६८२ मत प्राप्त गर्दा तमाङले ४६४ मत प्राप्त गरेका छन । निर्वाचन समितिका अनुसार उनीहरूको बीचमा २१८ मतको अन्तर रहेको छ । लामा केन्द्रीय सहमहामन्त्री बहादुरसिंह लामा निकटक हुन भने तामाङ केन्द्रीय सदस्य अर्जुननरसिंह केसी निकटका हुन ।

त्यस्तै सचिव पदमा पनि लामा प्यानलकै विवेक लामिछाने विजयी भएका छन । उनले कृष्णबहादुर अधिकारीलाई २१० मतले पराजित गरेका छन । विवेकले ६६९ मत ल्याएर विजयी हुँदा अधिकारीले ४५९ मत प्राप्त गरेका छन । क्षेत्रीय कार्यसमिति सबै लामा प्यानलका उम्मेदवार विजयी भएका छन ।

प्रकाशित मिति : October 5, 2026 at 7:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/