१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यले लिए शपथ

१६ असोज, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।

असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत भएका थिए ।

प्रकाशित मिति : October 2, 2026 at 4:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/