१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

कांग्रेस मोरङ–६ को अधिवेशनमा दुई समूहबीच झडप

१४ असोज, काठमाडौं ।  नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को क्षेत्रीय अधिवेशनका क्रममा संस्थापन र इतर समूहका कार्यकर्ताबीच तीव्र झडप भएको छ । क्रियाशील सदस्यताको विषयलाई लिएर भएको तोडफोड र कुटपिटपछि अधिवेशन प्रक्रिया नै अनिश्चित बनेको छ ।

 

झडपका क्रममा कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलामाथि हातपात तथा दुर्व्यवहार भएको छ । यस्तै, कुटपिटबाट पार्टीका क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार, नेता चेतराज रेग्मी र समुन्द्र पोखरेललगायत घाइते भएका छन् । घाइते नेता तथा कार्यकर्ताहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : September 30, 2026 at 5:07 pm