२६०० विन्दुमुनि नेप्से, ४ अर्ब ७६ करोडकाे काराेबार
१४ असोज, काठमाडौं । नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से घटेसँगै २६०० विन्दुमुनि झरेको छ। यस दिन नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३५२ कम्पनीकाे ४७ हजार ९०० पटकको कारोबारमा ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको १ करोड २६ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

यस दिन सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सयपत्री हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ । यस दिन घलेम्दी हाइड्रोको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३९ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : September 30, 2026 at 3:29 pm




