दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कियो
१४ असोज, काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीको बाढीले आज बिहान करिब आठ बजे झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो । नदीको बीच भागमा रहेको एउटा पिलर भत्किएपछि पुलको संरचनासमेत नदीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो ।
प्रकाशित मिति : September 30, 2026 at 10:10 am




