नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त
१३ असोज, काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन्। संस्थामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै आएका सञ्चालक रविन रिजालपती बैंकबाट अलग भएपछि सञ्चालक पद रिक्त भएको थियो। त्यसपछि बैंकले नेशनल लघुवित्तको सञ्चालकमा प्रतिनिधित्व गर्न प्रमोद आचार्यलाई मनोनयन गरी पठाएको हो।

बैंकको मनोनयनका आधारमा नेशनल लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको असोज १२ गते बसेको बैठकले आचार्यलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। आचार्यले अब संस्थाको प्रमुख संस्थापक शेयरधनीका रूपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रतिनिधित्व गर्नेछन्।
प्रकाशित मिति : September 29, 2026 at 10:39 am




