मनाङमा हिमपहिरो, २२ जना आरोहीमध्ये अधिकांश वेपत्ता
११ असोज, काठमाडौँ । मनाङमा हिमपहिरो गएको छ । मनाङको हिम्लुङ हिमालमा पहिरो गएको हो । पहिरोमा आरोहीहरू परेको आशंका गरिएको छ ।
आइतबार बिहान मनाङको नार्पाभुमी गाउंपालिका(५ स्थित हिम्लुङ हिमालमा पहिरो गएको र २२ जना आरोही मध्ये अधिकांश वेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।

उनले अरोहणदलमा ९ जना पर्वतारोही र १३ जना सहयोगी रहेको र सबै नेपाली नागरिक रहेको बताएका छन । उनले उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको जानकारी दिँदै क्षितको यकिन विवरण प्राप्त हुनेक्रममा रहेको बताएका छन ।
प्रकाशित मिति : September 27, 2026 at 4:00 pm




