११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

बालेन अमेरिकाबाट फर्के लगत्तै पक्राउ परेका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा हिरासतमुक्त

११ असोज, काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा हिरासतमुक्त भएका छन । किन पक्राउ गरेको र किन छाडेको भन्ने विषय स्वयं चोलेन्द्रशम्शेर जबराले समेत थाहा पाउन सकेकका छैनन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह बालेन अमेरिकाबाट फर्केको केही घण्टामै मध्यरातमा घरबाटै पक्राउ गरेर टेकु पुर्याएको थियो ।

चौतर्फी बिरोध भएर पक्राउको कारण माग्न थालिएपछि प्रहरीले शनिबार दिउँसो परिवारका सदस्यको जिम्मा लगाएर घरमै पुर्याइदिएको छ । पक्राउको सूचना शनिबार बिहान मार्फत सार्वजनिक भएको थियो । सुरूमा प्रहरीले उनको विरूद्धमा केही गम्भीर उजुरीहरू परेको बताए पनि पछि घरमा असुरक्षा भएकाले हिरासतमा राखिएको बताएको थियो । तर प्रहरीका उच्च अधिकारीहरूले प्रधानमन्त्रीकै आदेशमा राणा पक्राउ परेको बताएका छन ।

प्रकाशित मिति : September 27, 2026 at 2:45 pm