मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा पनि भासियो सडक
११ असोज, चितवन। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा त्रिशूली नदीले सडक कटान गरेको छ । सडकको करिब आधा भाग नदीमा भासिएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले आइतबार बिहान ८ः४५ बजे सिमलतालमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक एकतर्फी अवरुद्ध भएको जनाएको छ । सडक डिभिजनले सडकको अवस्था तथा थप क्षतिको अनुगमन गरिरहेको जनाएको छ।
प्रकाशित मिति : September 27, 2026 at 9:34 am




